गम्भीर दुर्व्यवहारको आरोपमा कारबाहीमा परेका डा. कुँवरलाई पुनः 'एसोसिएट डिन'को जिम्मेवारी
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (धुलिखेल अस्पताल) मा एक आवासीय चिकित्सकको आत्महत्या प्रयास र मानसिक यातनाको आरोपमा नेपाल मेडिकल काउन्सिलबाट कारबाहीमा परेका चिकित्सकलाई पुनः महत्वपूर्ण जिम्मेवारी दिइएको छ।