निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय दिक्तेलले आफ्नो ग्राहक सदस्यकी छोरीलाई डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति प्रदान गरेको छ। शाखा कार्यालय दिक्तेलअन्तर्गत सञ्चालित केन्द्र नं. ११ रमाइलो फूलबारी महिला समाजकी सदस्य मिला विश्वकर्माकी छोरी अप्सरा विकलाई १० हजार रुपैयाँ नगदसहित छात्रवृत्ति प्रदान गरिएको हो। शाखा प्रबन्धक टोकराज बस्यालले केन्द्रका सदस्यहरू तथा शाखाकी कर्मचारी […]