नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएसँगै नेकपा (एमाले) ले अग्रता लिएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै अग्रता कायम गरेका हुन्। हालसम्मको गणनामा राईले ६८५ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले पछ्याइरहेका […]