अन्तरिम आदेशको राज

२०६० को दशकमा नेपालमा फस्टाएको क्यासिनो व्यवसायमा चर्चित नाम थियो– राकेश र शालिनी बाधवा। बाधवा दम्पतीले नेपाल रिक्रिएसन सेन्टरका नाममा काठमाडौँको सोल्टी, हायात, अन्नपूर्ण, एभरेस्टलगायत होटलमा क्यासिनो चलाएका थिए। सेन्टरले क्यासिनो सञ्चालनबापतको कर नबुझाएका कारण राजस्व अनुसन्धान विभागले २४ मंसिर २०६७ मा त्रिपुरेश्वरस्थित ब्लुबर्ड कम्प्लेक्स र तहाचलको एउटा घरमा छापा मारेर सिलबन्दी ग‍र्‍यो। बाधवासहित सबै […]