सप्तरी। मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ। सप्तरीको राजगढ गाउँपालिका ६‚ फकिरा घर भई राजविराज नगरपालिका १६‚ बोरिया बस्दै आएका मुकेश यादवको आज (शनिबार) मृत्यु भएको प्रहरीले जनाएको छ। १९ वर्षीय यादवको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताए। प्रहरीका अनुसार […]