भेरीगङ्गा– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले अब यसको सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागिएको जानकारी दिए । प्रविधिले फड्को मारिरहेको बेलामा पुरानै कानुन रहन नसक्ने उल्लेख गर्दै […]