माओवादीको योगदानलाई अवमूल्यन गरिए नयाँ परिस्थिति बन्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनले खेलेको भूमिका र विचारलाई अवमूल्यन भए  देशमा पुनः नयाँ राजनीतिक परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीले इतिहासमा खेलेको भूमिका र त्यसले स्थापित गरेका विचारको महत्त्वलाई […]