पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सरकारबाट एमाले बाहिरिएपछि अल्पमतको सरकार चलाइरहेका पाण्डेलाई सर्वोच्च अदालतले दिर्घकालिन महत्व निर्णय गर्न अंकुश लगाएको हो । सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले संविधानबमोजिम विश्वासको मत नलिएको भन्दै दायर रिटमा न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधवार निवेदकको मागअनुसार […]