रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा यतिबेला राजनीतिक सरगर्मीसँगै स्थानीय उत्पादनको व्यापारले पनि निकै चर्चा पाएको छ ।  महाधिवेशनका कारण मानिसहरूको ठूलो चहलपहल हुँदा चितवनको पहाडी भेगका स्थानीय तथा चेपाङ समुदायले रैथाने उत्पादन ‘चिउरी’ को राम्रो व्यापार गरिरहेका छन् । चेपाङको पुर्ख्यौली बसोबास रहेको चितवनका  पहाडी क्षेत्रहरू चिउरी उत्पादनका लागि प्रख्यात मानिन्छन् […]