काठमाडाैं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार हुने निर्वाचनको उम्मेदवारी दर्ता बिहीबार हुने भएकाे छ । संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि बिहीबार दिउँसो २ बजेसम्मको समय तोकिएको हाे । प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार दिउँसो साढे २ बजे उम्मेदवारीको सूचना प्रकाशन गर्ने उल्लेख छ […]