कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो बस्दै

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे बीपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन भनिएको छ।