काठमाडौं– माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, […]