अमेरिकाका अधिकांश स्थानमा २२ इन्चसम्म हिउँ‚ पाँच हजारभन्दा बढी उडान रद्द

वासिंटन। अमेरिकामा आएको आँधीले जनजीवन प्रभावित बनेको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवाले देशका केही भागमा २२ इन्च (५५.९ सेन्टिमिटर) भन्दा बढी हिउँ परेको जनाएको छ। न्युयोर्कको सेन्ट्रल पार्कमा मात्र १५ इन्चभन्दा बढी हिउँ परेको रेकर्ड गरिएको छ। मौसमसँग सम्बन्धित अमेरिकी एउटा राज्यको एजेन्सीले चेतावनी दिएको छ कि पूर्वी अमेरिकामा ठुलो आँधी आउँदा न्युयोर्कमा यात्रा लगभग […]