नारायणगढ (चितवन), १२ असोज । भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित छन् । कारागार कार्यालयका अनुसार ६९ जना उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर, एचआइभी/एड्सलगायत रोगका बिरामी हुन् । कारागारमा क्यान्सरका कारण बर्सेनि बन्दीको मृत्यु हुने गरेको छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा […]