राष्ट्रियसभा निर्वाचन : तोकियो मतदानस्थल तथा केन्द्र

काठमाडौँ। निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ। आयोगले आज सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनले भने‚ “आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहने गरी स्थान तोकिसकेको छ‚ तोकिएका मतदानस्थलमा दुई-दुईवटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ।” […]