काठमाडौं – विश्वव्यापी जलवायु सङ्कटका चुनौती र अन्तरराष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का निष्कर्षबारे केन्द्रित समीक्षा, उपलब्धि र भावी मार्गचित्र विषयक संवाद सम्पन्न भएको छ । युथ एड्भोकेसी नेपालले आज यहाँ आयोजना गरेको संवादमा सरोकार भएका तथा विज्ञहरूले जलवायु परिवर्तन रोकथाम, कार्बन उत्सर्जन न्यूनीकरण, दिगो भविष्य निर्माण, सीमान्तकृत समुदायका मुद्दा तथा विकसित मुलुकको कमजोर प्रतिबद्धताबारे बहस […]