यूएससीआईएसद्वारा निश्चित अध्यागमन आवेदनको समयसीमामा कडाइ, जान्नुपर्ने के छ?

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले सप्ताहन्त वा संघीय सार्वजनिक बिदामा पर्ने केही आप्रवासनसम्बन्धी आवेदनको समयसीमा अब अर्को कार्यदिवससम्म स्वतः विस्तार नगर्ने भएको छ। विशेषगरी आवेदकको उमेरजस्ता योग्यता पूरा गर्नुपर्ने अन्तिम समयसीमामा यो परिवर्तन लागू हुनेछ। नयाँ नीतिगत मार्गदर्शन अक्टोबर २३ देखि लागू हुनेछ। उदाहरणका लागि, कुनै आवेदकले २१ वर्ष पूरा हुनुअघि आवेदन दिनुपर्ने […]