मलेसिया सिन्डिकेट विवाद चर्किँदै, सूचीमा परेका तीन व्यवसायीले त्यागे संघ–संस्थाको आबद्धता

मलेसियाको रोजगारीका लागि नेपालबाट श्रमिक पठाउने भन्दै छनोट गरिएको २५ म्यानपावर कम्पनीको सूचीलाई लिएर विवाद चर्किरहेका बेला सूचीमा परेका तीन म्यानपावर व्यवसायीले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित संघ–संस्थाको आबद्धता त्यागेका छन्। द रिभर ओभरसिजका रघुनाथ पुरी, एसिया लिंकका मिलन कट्टेल र ट्रष्ट नेपालका रविन गुरुङले आफू आबद्ध व्यावसायिक तथा पेशागत संस्थाबाट अलग भएको घोषणा गरेका हुन्। […]