सांगीतिक साँझमार्फत् आशा भोसलेको स्मरण

काठमाडौं– काठमाडौंमा मासिक ‘कला संवाद’ कार्यक्रमअन्तर्गत दिवंगत गायिका आशा भोसलेलाई स्मरण गरिएको छ। नेपालस्थित भारतीय दूतावासले भोसलेको सांगीतिक योगदानलाई स्मरण गर्दै विशेष सांगीतिक साँझ आयोजना गरेको हो। भारतीय दूतावासको आयोजनामा सम्पन्न कार्यक्रममा आशा भोसलेले भारतीय तथा नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गरिएको थियो। कार्यक्रममा नेपाली ब्यान्ड ‘सुर–सुधा’ र आईसीसीआर नेपालका संगीत शिक्षकहरूले आशा भोसलेका […]