गोरखा। जाडो बढ्दै गएपछि गोरखाको हिमाली भेगका बासिन्दा सहर (बेँसी) झर्न थालेका छन्। चुमनुब्री गाउँपालिका १ र वडा ७ का बासिन्दा विगतजस्तै यस वर्ष पनि जाडो छल्न धमाधम सहर झर्न थालेका हुन्। “अहिले ८० प्रतिशत गाउँले काठमाडौँ पुगिसके, बाँकी घर कुर्न बसेका छन्‚” चुमनुब्री ७‚ छेकम्पारको पासाङफुञ्जो लामा भन्छिन्, “अहिले हरेक घरमा एक-जना मात्र होलान्।” […]