परराष्ट्र मन्त्री भन्छिन्: सगरमाथा संवाद नेपालले निर्माण गरेको एक अन्तर्राष्ट्रिय मञ्च हो
‘यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरू पर्याप्त छैनन्,’ मन्त्री राणाले भनिन्,‘त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरेको हो । त्यसैले यो सबैको साझा मञ्च हो ।’