महिलाको शरीरमा अनावश्यक रौँ आउनेदेखि सन्तान नहुने जोखिमसम्म गराउने पीसीओएस के हो?
पीसीओएसको पूरा रूप पोलिसिस्टिक ओभरी सिन्ड्रोम हो। यो महिलाको शरीरमा प्रजनन हर्मोनको सन्तुलन बिग्रिँदा देखिने अवस्था हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर प्रजनन उमेरका करिब ६ देखि १३ प्रतिशत महिला यस समस्याबाट प्रभावित छन्।