सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र बनाउन सरकारले दिने भयो साढे ३ करोड अनुदान
सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको हो।