नेपाली फुटबल संकटमा, फिफाको निलम्बन हटाउन दबाब दिँदै एन्फाले राखेप घेर्ने

विश्व फुटबल महासंघ फिफाको निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले निलम्बन फुकुवाको पहल गर्न माग गर्दै आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा धर्ना दिने भएको छ। एन्फाका महासचिव किरण राईका अनुसार विरोध कार्यक्रममा एन्फाका कर्मचारी, रेफ्री, प्रशिक्षकलगायत सहभागी हुनेछन्। राखेपलाई ज्ञापनपत्र बुझाएपछि परिसरमा एक घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम […]