लोक सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

लोक सेवा आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम तथा गतिविधि समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलबासेले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन्। नेपालको संविधानको धारा २९४ मा संवैधानिक निकायले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही […]