कांग्रेस संस्थापनइतर भेलामा पाँच प्रतिवेदनमाथि छलफल, सम्मेलनमा परिणत गर्न प्रस्ताव

नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक, आर्थिकसहित विभिन्न पाँच प्रतिवेदनमाथि छलफल भएको छ। शुक्रबारदेखि सुरु भएको तीनदिने भेलाको दोस्रो दिन शनिबार विभिन्न नेताले पाँच विषयगत प्रतिवेदन प्रस्तुत गरेका हुन्। भेलामा विमलेन्द्र निधिले राजनीतिक, डा. प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्। राजनीतिक […]