परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढ रहेको दोहोर्याउँदै नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सव तथा सन् २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहमा बिहीबार आयोजित कार्यक्रममा राईले दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य र समानतामा […]