‘आओ मेरा प्याराप्यारा भाइबहिनी हो’ : एउटा युगको बालसाथीको कथा
रेडियो नेपालको कोठा नं. ६ मा नारायणगोपाल, नातिकाजी, मधु क्षेत्रीलगायत संगीतकर्मी भेला भएको दिन थियो । कसैले मुनाललाई भने– ट्रयाजिक होइन, रोमान्टिक गीत गाउनुस् । नातिकाजीले थपे– हो मुनालजी, आज स्टुडियो पनि खाली छ ।