म्याग्दी– आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौंमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले १० लाख सहयोग गरेका छन् । गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको १० लाख रुपैयाँ धौलागिरि गाउँपालिकला–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म पुर्याउन पालिकालाई प्रदान गरिएको हो । यसअघि गुर्जाको […]