काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको बताएका छन्। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिन (५ मंसिर, २०६३) को सन्दर्भ पारेर त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायद्वारा शुक्रबार राजधानीमा आयोजित अन्तर्क्रियामा उनले नेपालको शान्तिप्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्ने बताए। द्वन्द्वको प्रमुख कारण वर्गीय, […]