बराह सहकारी ठगीका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ

काठमाडौँ। बराह सहकारी ठगी प्रकरणमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्। गृहमन्त्री सुधन गुरुङका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विश्वकर्मालाई पक्राउ गरेको हो। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गृहमन्त्री गुरुङले सहकारी ठगीका मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याउन सफल भएको बताएका छन्। […]