सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१, आपघारीस्थित क्रसर उद्योगका लागि बनाइएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ। दशैँ मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको बिहीबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो करिब २ बजे पोखरीमा नुहाउने क्रममा बालिका डुबेकी थिइन्। छोरी डुबेको खबर साथीबाट पाएपछि उनलाई बचाउन […]