काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त गर्ने लक्षित वर्गका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । लक्षित वर्गका लागि उपचार प्रभावकारी बनाउन वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्न थालिएको हो । आज कामपा स्वास्थ्य विभागका प्रमुख दीपक केसी र अस्पतालका निर्देशक प्राडा दिलिप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे । […]