सुनसरी, २६ असोज । धरान उपमहानगरपालिका–१६ की ५९ वर्षीया शान्ति श्रेष्ठले मकै पोलेर बिक्री गर्दै तीन दशकदेखि घर व्यवहार चलाउँदै आएकी छन्। श्रीमानको निधनपछि घरको आर्थिक जिम्मेवारी आफै सम्हाल्दै आएकी उनले यही पेसालाई जीविकोपार्जनको मुख्य आधार बनाइ रहेकी छन्। श्रेष्ठको दैनिकी बिहानै मोरङको भावन्ने पुगेर हरियो मकै खरिद गर्नेदेखि सुरु हुन्छ। उनी घाम नउदाउँदै धरानबाट […]