चिकित्सक संघ निर्वाचन: काठमाडौं बाहिर कसको कति मत?

नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत  काठमाडौं उपत्यका बाहिरको मतगणना सकिएको छ। पछिल्लो  मतपरिणाम अनुसार अध्यक्ष पदमा डा. मंगल रावलले अग्रता लिइरहेका छन्। काठमाडौं उपत्यका बाहिरका विभिन्न मतदान केन्द्रहरूबाट खसेको कुल ४,२४२ मत गणना भइसक्दा डा. रावलले १,८९५ मत प्राप्त गरेका छन्।