पशु सेवा विभाग ले नेपालमा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएको जानकारी दिएको छ । विभागका अनुसार नियमित निगरानीका क्रममा मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–४ र उर्लाबारी नगरपालिका–५ मा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । विभागले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार प्रभावित क्षेत्रमा तत्काल नियन्त्रणका उपायहरू लागू गरिएको जनाएको छ । […]