नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्त भई लाभ तथा सुविधा लिएको आरोपमा एक शिक्षकमाथि आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगले बाराको सुवर्ण गाउँपालिका-६ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्रप्रसाद यादवले शिक्षण पेसामा प्रवेश गर्दा बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली […]