सरकार र एमाले एक-एक कदम पछि हट्दा संवाद सुरु

काठमाडौं। सुशीला कार्की नेतृत्वको सरकार तथा नेकपा एमाले दुवै एक-एक कदमपछि हट्दै संवाद सुरु गरेका छन्। सरकार बनेको एक महिना एक सातापछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका राजनीतिक दलहरुसँग औपचारिक संवादका लागि आह्वान गरेकी हुन्। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उप-महासचिव प्रदीप ज्ञवाली सहभागी भए। पूर्वप्रधानन्यायाधीश कार्की […]