सिड्नीको सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा

‘अस्ट्रेलियाको शृंखलाबद्ध कन्सर्ट सकेर फर्किएपछि अब हामी आउने साता गोकर्णेश्वरमा ब्यान्डलाई प्रस्तुत गर्ने तयारीमा लागिसकेका छौँ,’ मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ भन्छन्, ‘३० चैतमा गोकर्णेश्वरको कन्सर्टमा नेपालभित्रका दर्शकसँग जम्काभेट हुनेछ ।’