हर्मुज जलसन्धि खोल्न इरानले अमेरिकासमक्ष राख्यो सर्त

इरानले रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष आफ्ना सर्तहरू पठाएको जनाएको छ। इरानी संसद्का सभामुख तथा युद्ध अन्त्यका लागि जारी वार्ताका मुख्य वार्ताकार मोहम्मद बाघेर गालिबाफले आइतबार इरानका सन्देश र सर्तहरू मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष स्पष्ट रूपमा पुर्‍याइएको बताएका छन्। उनका अनुसार इरानका सर्त पूरा नभएसम्म र अमेरिकाले आफ्ना प्रतिबद्धता कार्यान्वयन नगरेसम्म युद्धअघिको अवस्थामा फर्किएर […]