वन्यजन्तुबाट हुने क्षतिको बीमा अब साउन १ देखि, प्राधिकरणले ल्यायो नयाँ बीमालेख

नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, भौतिक तथा कृषि क्षेत्रको क्षतिको बीमा गर्न सकिने गरी ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ स्वीकृत गरेको छ। उक्त बीमालेख आगामी साउन १ गतेदेखि लागू हुनेछ। प्राधिकरणका अनुसार प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन्यजन्तु प्रभावित क्षेत्रबाट आएको मागका आधारमा वन्यजन्तु जोखिमलाई बीमा प्रणालीमा समेट्ने […]