काठमाडौं– सिराहाको गोलबजार नगरपालिका-६ स्थित सडकमा ना.१ क ९२२८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री उदयपुर कटारी नगरपालिका-१ बस्ने ५० वर्षीय समजित राईको मंगलबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-७ हरियाली जंगलस्थित सडकमा लु.१ ख ९५८० नम्बरको ट्रकले […]