नयाँ दिल्ली- भारत सरकारले नयाँ दिल्लीमा जारी एआई समिटको एक्सपो क्षेत्रमा सहभागी गलगोटिया विश्वविद्यालयलाई हटाएको समाचार बाहिरिएको छ। सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले यस्तो जानकारी दिएको भारतीय सञ्चारमाध्यमले बुधबार उल्लेख गरेका छन् । उत्तर प्रदेशको नोयडास्थित उक्त विश्वविद्यालयले चिनियाँ रोबोटिक कुकुरलाई आफ्नै आविष्कार भन्दै प्रस्तुत गरेको भिडियो भाइरल भएपछि यो कदम चालिएको बताइएको छ। […]