५१ हजार राशिको ‘मीना दिदी पुरस्कार’ स्थापना

काठमाडौँ। महिला शिक्षक एक जनालाई प्रदान गरिने गरी ५१ हजार रुपैयाँको ‘मीना दिदी पुरस्कार’ स्थापाना भएको छ। समाजसेवी तथा प्राध्यापक आरती कार्की र मदन पुरस्कार विजेता लेखक नीलम कार्की निहारिकाबाट आमा मीनाकुमारी कार्कीको नाममा पुरस्कार राखिएको हो। मीनाकुमारीले २०२३ सालदेखि अध्यापन सुरु गरेकी थिइन्। उनले अर्घाखाँची र पाल्पा झडेवाको किसान माविमा गरी अविछिन्न २७ वर्ष […]