देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू)

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि हुम्ला, मुगु, डोल्पा, जुम्ला, मनाङ, मुस्ताङ लगायतका जिल्लामा बाक्लो हिमपात भएको हो ।  हिमपातका कारण सडक यातायातमा अवरोध उत्पन्न भएको छ भने विद्यालय, कार्यालय र दैनिक गतिविधि प्रभावित भएका छन् ।