हिमालयन रिइन्स्योरेन्स लिमिटेड (एचआरएल) ले दुई महिनापछि पुनः नयाँ पुनर्बीमा व्यवसाय (अन्डरराइटिङ) सञ्चालन गर्न पाउने भएको छ। नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षको असार मसान्तसम्म लगाएको नयाँ व्यवसाय स्वीकार नगर्नुपर्ने प्रतिबन्धको अवधि सकिएपछि कम्पनीको नियमित कारोबार पुनः सञ्चालनमा आएको हो। प्राधिकरणले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धानपछि कम्पनीलाई असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको थियो। […]