काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले नेपाललाई ३०६ रनको विशाल लक्ष्य दिएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनायो। ओपनर जतिन्द्र सिंहले ९६ बलमा १३० रनको उत्कृष्ट पारी खेले। अशिष ओडेराले ४८, आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रन थपे। नेपालका […]