सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्तीहरू खाली गराउने अभियानलाई तीव्रता दिएको छ। यस क्रममा थापाथली (वडा नं. ११) स्थित बस्ती खाली गरिसकिएको छ भने गैरीगाउँ (वडा नं. ९) र शान्तिनगर (वडा नं. ३१) मा बस्ती हटाउने काम जारी रहेको छ। यसैगरी गोठाटार बुद्धचोक (वडा नं. ८) र मनोहरा […]