एउटै दिन दुई विश्व कीर्तिमान : कामी रिताको ३२ औं र लाक्पाको ११ औं सगरमाथा आरोहण

विश्वकै सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमान राख्दै आएका नेपाली शेर्पा गाइड कामी रिता शेर्पाले फेरि इतिहास रचेका छन्। उनले आइतबार ३२ औँ पटक सगरमाथाको सफल आरोहण गर्दै गत वर्ष बनाएको आफ्नै कीर्तिमानलाई थप उचाइमा पुर्‍याएका हुन्। ५६ वर्षीय कामी रिताले विदेशी आरोहीलाई मार्गदर्शन गर्दै ‘१४ पिक्स एक्सपेडिसन’ कम्पनीमार्फत सगरमाथाको चुचुरोमा पुगेका […]