विश्वकपमा जर्मनीको शानदार सुरुवात, डेब्युटान्ट कुरासाओमाथि ७–१ को फराकिलो जित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा चार पटकको विश्व विजेता जर्मनीले डेब्युटान्ट कुरासाओलाई ७–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ। अमेरिकाको ह्युस्टनमा सम्पन्न खेलमा जर्मनीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै गोलको वर्षा गरेको थियो। जर्मनीका लागि काई हाभार्ट्जले दुई गोल गर्दा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल […]